Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


नगरप्रमुखसहित ७ विरुद्ध १ करोड ६० लाख बढी भ्रष्टाचार मुद्दा


0
Shares

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध १ करोड ६० लाख बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सम्बन्धी ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना लगायतका उजुरीको आधारमा मुद्धा दायर गरि अनुसन्धान अघि बढाइएको थियो ।

नगर प्रमुख तेली र उपप्रमुख रेशम कुमारी थापा समेतका प्रतिवादीहरुले आपसी मिलेमतो र सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी एक आपसमा गरकानुनी लाभ लिने बदनियतले रकम हिनामिना गरेको देखिएको आयोगले जनाएको छ ।

यसैगरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतोविरुद्ध एक करोड ३३ लाख ११ हजार ४३१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

Skip This