Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


चितवनविरुद्ध टस जितेपछि विराटनगर पहिले बलिङ गर्दै


26
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल सुरु हुनुअघि भएको टसमा विराटनगरले टस जितेपछि चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेपछि बलिङ रोजेका हुन्। चितवनको नेतृत्व रवि बोपाराले गरिरहेका छन्। टोलीका यसअघिका कप्तान कुशल मल्ल भने प्लेइङ–११ मा समावेश छैनन्।

दुवै टोली आजको खेल जितेर प्रतियोगितामा आफ्नो पकड बलियो बनाउने योजनामा छन्।

सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराएको थियो।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

Skip This