Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गोरखाको बुढीगण्डकी नदीमा ठुलाे बाढी, तटीय क्षेत्रमा उच्च जोखिम


520
Shares

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएको सुक्खा पहिरोले नदी थुनिएपछि बाढी आएको अनुमान गरिएको छ ।

बाढीले गोरखाको सल्लेरी बजार पूर्णरूपमा बगाएको छ भने नजिकैको जगत बजारमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आज बिहानै ठूलो आवाजसहित नदीमा पानीको बहाव ह्वात्तै बढेको हो ।

बाढी तीव्र गतिमा तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले जोखिम थप बढेको छ । प्रशासन तथा स्थानीय तहले नदी किनार र आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल सुरक्षित स्थान तथा उच्च भूभागमा जान आग्रह गरेका छन् ।

बाढीबाट भएको थप क्षति र पछिल्लो अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।