Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौं सडक अवरुद्ध


585
Shares

काठमाडौं ।

धादिङमा ग्यास बोकेको भारतीय बुलेट दुर्घटनामा पर्दा मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ। दुर्घटनामा बुलेटका चालक घाइते भएका छन्।

चितवनबाट काठमाडौं आउँदै गरेको एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा दुर्घटनामा परेको हो।

बुलेट दुर्घटनापछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।