Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


जडिबुटीमा प्रहरीमाथि खुकुरी प्रहार गरेपछि लुटेरालाई गोली हानी नियन्त्रणमा लिइयो


3k
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको जडिबुटी क्षेत्रमा एक जना लुटेरालाई गोली हानेर नियन्त्रणमा लिएको छ।

कोटेश्वर नजिक जडिबुटी पुलमुनि लुटपाटमा संलग्न व्यक्ति फेला परेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। सो क्रममा ती व्यक्तिले प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो।

प्रहरीले घटनास्थलबाट लुटपाटमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ। घटनामा घाइते प्रहरी र गोली लागेका लुटेरालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।