काठमाडाैं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन्।
प्रहरीका अनुसार बालिका हराएको सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल उद्धार गरिएको हो।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा–१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई नियन्त्रणमा लिन खोजेको थियो।
असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट थारुलाई पक्राउ गर्न खोज्दा उनले प्रतिकार गरेपछि प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्