काठमाडाैं । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पठाइएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ राष्ट्रिय सभा टेबुल भएको छ ।
प्रतिनिधि सभाको बैठकले उक्त विधेयकमाथि छलफल गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित संशोधनसहित पारित गरेपछि प्रक्रियागत रूपमा पुनः राष्ट्रिय सभामा फिर्ता पठाइएको हो ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक प्राप्त भएको सन्देश औपचारिक रूपमा पेश गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२३ को उपनियम १ बमोजिम विधेयक फिर्ता पठाइएको सन्देश सभासमक्ष जानकारी गराइएको हो ।
प्रतिनिधि सभाले गत असोज १४ गतेको बैठकबाट यो विधेयकलाई समितिको प्रतिवेदनका आधारमा संशोधन गर्दै पारित गरेको थियो । लराष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ ।
अब राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका संशोधनहरूमाथि आवश्यक प्रक्रिया पूरा गरी अगाडि बढाउनेछ । संघीय संसदको दुवै सदनबाट पारित भएपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्