Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अर्थमन्त्री वाग्ले स्वदेश फर्किए


0
Shares

काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किनुभएको छ।

कतारको दोहामा सम्पन्न एआईआईबीको वार्षिक बैठकले वाग्लेलाई सन् २०२६–२७ का लागि गभर्नर परिषद्को उपसभापतिमा निर्वाचित गरेको थियो। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल पहिलोपटक उक्त पदमा निर्वाचित भएको हो।

बैठकमा वाग्लेले नेपालजस्ता मुलुकको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण वित्तीय स्रोत विस्तार, निजी लगानी आकर्षित गर्न तथा प्रविधि हस्तान्तरणमा जोड दिनुभएको थियो।

भ्रमणका क्रममा उहाँले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग लगानी विस्तार, आर्थिक सहकार्य तथा विपत्तिपछिको पुनर्निर्माणका विषयमा छलफल गर्नुभएको छ।

कतार एयरवेजमार्फत बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका वाग्लेको भ्रमणले नेपालको पूर्वाधार विकासमा एआईआईबीसँग लगानी तथा सहकार्य विस्तारका लागि अवसर बढाएको जनाइएको छ।