केशव कोइराला, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–५ जयपुरमा विषालु सर्पको टोकाइबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार आज बिहान करिब १ः३० बजे शौचालय जान घरबाहिर निस्किएका जयपुर निवासी बेझु चौधरीलाई गोमन सर्पले बायाँ खुट्टाको पैतालामा टोकेको थियो।
सर्पको टोकाइबाट गम्भीर बनेका चौधरीलाई उपचारका लागि बर्दिया अस्पताल, गुलरिया लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको वडा अध्यक्ष रमेश दहितले जानकारी दिनुभयो।
प्रहरीले रातिको समयमा घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सर्पले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याएर उपचार गराउन समेत प्रहरीले अनुरोध गरेको छ।









प्रतिक्रिया दिनुहोस्