Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


यूएनमा बालेनको सम्बोधनप्रति अन्तर्राष्ट्रिय समुदायको चासो: परराष्ट्रमन्त्री खनाल


0
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनप्रति विश्व समुदायले चासो देखाएको बताउनुभएको छ।

महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्री शाहको सम्बोधन अन्तर्राष्ट्रिय समाचारको प्रमुख विषय बनेको दाबी गर्नुभयो।

उहाँका अनुसार महासभाका क्रममा विभिन्न देशका प्रतिनिधि तथा कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहको सम्बोधनको प्रशंसा गरेका थिए। प्रधानमन्त्रीले विश्व मञ्चमा उठाएका विषयप्रति अन्तर्राष्ट्रिय समुदायले ऐक्यबद्धता जनाएको पनि खनालले बताउनुभयो।

यस्तै, भोटेकोशी बाढीपछि पुनर्निर्माण तथा जलवायु संकटसँग जुध्न नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले चासो देखाएको उहाँको भनाइ छ।

Skip This