काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज असोज १४ गते बिहान स्वदेश फर्कँदै हुनुहुन्छ।
स्वदेश फर्किएलगत्तै उहाँले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता तथा त्यस अवसरमा भएका विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय भेटवार्ताबारे प्रेस ब्रिफिङ गर्नुहुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रेस ब्रिफिङ बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष (भीआईपी लाउन्ज) को मिडिया कक्षमा हुनेछ।
मन्त्रालयले उक्त ब्रिफिङमा उपस्थित हुन सञ्चारकर्मीलाई आग्रह गरेको छ।










प्रतिक्रिया दिनुहोस्