पाेखरा ।
पोखरा र भुटानको राष्ट्रिय पुरुष टिमलाई गण्डकी प्रदेशको टिमले ८ विकेटले हराएको छ ।
आइसिसी पुरुष टी २० विश्वकप एसिया सब–रिजनल छनोट ‘ए’ अघि अभ्यास खेलका लागि पोखरा आएको टोलिलाई पहिलो खेलमा गण्डकीले सहजै हराएको हो । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा ९७ रनको विजयी लक्ष्य पाएको गण्डकीले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि इश्वर क्षेत्रीले ३४ रनको अविजित पारी खेले । उनले २२ बलमा२ चौका र ३ छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले २६ रनको अविजित योग्दान दिए । उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर अर्जुन कुमाल २२ रनमा आउट भए । उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे । भुटानका लागि सोनम यासे र नाम्गे तिन्लेले समान १(१ विकेट लिए ।
त्यस अघि टस हारेर व्याटिङको निम्तो पाएको भुटानले ९६ रनमात्रै जोड्न सक्यो । भुटानका लागि सोनम छोप्ले र रन्जुंग छोजेंले २७/२७ तथा ओपनर नाम्गे तिन्लेले १६ बाहेक आन्य व्याटरले दोहोरो अंक बनाउन सकेनन् । गण्डकीका स्पिनर हाबी हुदाँ भुटान खेलमा निरीह देखियो । गण्डकीका लागि सुवास भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।
यस्तै अपराजित पौडेलले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिए । विपिन खत्री, सुदिप अर्याल र सिब्रीन श्रेष्ठले समान १र१ विकेट लिए । भुटानले अब ३ म्याच खेल्ने छ । भोलि गण्डकी संग दोस्रो खेल खेल्ने छ भने त्यसपछी क्यान ११ संग खेल्ने छ । यो सिरिजले गण्डकीको क्रीकेटलाई ठूलो योग्दान दिएको गण्डकी प्रदेश क्रीकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।










प्रतिक्रिया दिनुहोस्