काठमाडौं । अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ।
बाढी र पहिरोका कारण राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ घुमाउने तथा रोशी–११ र १२ को माम्तीमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको थियो।
यस्तै, नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको थियो।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिल्लो भाग गरी दुई स्थानमा डाइभर्सन निर्माण गरिएको छ।
कार्यालयका अनुसार दिउँसोदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ। भने ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबस सञ्चालनका लागि अझै केही घण्टा पर्खनुपर्ने भएको छ।










प्रतिक्रिया दिनुहोस्