Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


गृह मन्त्रालयले १०० कर्मचारीको सरुवा गर्‍यो


0
Shares

काठमाडौं । गृह मन्त्रालयले १२ असोजमा १०० जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा अधिकांश नायब सुब्बा तथा सोसरहका कर्मचारी रहेका छन्।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, कारागार तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो। सरुवा गरिएकामध्ये अधिकांशलाई सम्बन्धित जिल्लाभित्रकै विभिन्न कार्यालयमा जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयले सरुवा भएका कर्मचारीको साविक र नयाँ कार्यालयसहितको विवरणसमेत सार्वजनिक गरेको छ।

Skip This