Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


परराष्ट्रमन्त्री खनाल र महासभा अध्यक्ष रहमानबीच भेटवार्ता


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा। खलिलुर रहमानसँग भेटवार्ता गर्नुभएको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा मन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्षमा निर्वाचित भएकोमा डा। रहमानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा मन्त्री खनालले महासभा अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

दुईबीच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो।

सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसबाट भएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।