काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने विभागले जनाएको छ।
आज राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्