काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
सोमबार न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले प्रहरीलाई हिरासतमा राख्न अनुमति प्रदान गरेको हो ।
उनलाई साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट आजै पक्राउ गरेको थियो । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि भन्दै प्रहरीले अदालतसँग थुना अनुमति माग गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्