काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुईजनाको शव फेला परेको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो।
थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। एसोसिएसनले घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्