Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ


0
Shares

काठमाडौँ । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईँविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो।

जेनजी सहिद रसिक खतिवडाकी आमासमेत रहेकी सांसद रचनाविरुद्ध प्रसाईँले ‘छोराको लाशमा टेकेर संसद् बनेको’ भन्ने अभिव्यक्ति दिएको आरोप छ। उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै आपत्ति जनाएकी थिइन्।

सांसद खतिवडाको परिवारबाट प्रसाईँविरुद्ध उजुरी परेको बताइएको छ। प्रसाईँका छोरा निराजन प्रसाईँले साइबर ब्यूरोबाट पक्राउ पुर्जी लिएर आएका प्रहरीले आफ्ना बुबालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।