Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नारायणी पुलमुनि अड्किएको राइनो क्रुज निकाल्ने प्रयास पुनः सुरु


0
Shares

काठमाडौँ । नारायणी नदीको पुलमुनि अड्किएको राइनो क्रुज सिप निकाल्ने प्रयास आज बिहानदेखि पुनः सुरु गरिएको छ।

प्राविधिक टोलीले पुलका पिल्लरमा कम क्षति पुग्ने गरी क्रुज निकाल्ने तयारी गरेको छ। त्यसका लागि क्रेन प्रयोग गरिनेछ। घटनास्थलसम्म क्रेन लैजान दुईवटा एक्स्काभेटर प्रयोग गरी हिजो रातिसम्म बाटो निर्माण गरिएको थियो।

क्रुज निकाल्न दुई विकल्प अघि सारिएको छ। पहिलो चरणमा सिंगै तानेर किनारतर्फ ल्याउने प्रयास गरिनेछ। त्यसरी निकाल्न नसके क्रुजलाई काटेर टुक्रा पार्दै हटाउने तयारी छ।

करिब ६० टन भार रहेको क्रुजभित्र पानीसमेत भरिएको र नदीको बहाव तीव्र रहेकाले प्राविधिक पक्षलाई ध्यानमा राखेर उद्धार कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो।

यसैबीच, प्राविधिकको सुझावअनुसार अत्यधिक भार बोकेका सवारी साधनबाहेक अन्य सवारीलाई पुलमा नियन्त्रित रूपमा सञ्चालन गर्न दिइएको छ।