Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


मुगुमा जडीबुटी संकलनमा गएका ९ जना बेपत्ता , एकको मृत्यु


0
Shares

मुगु। मुगुमा जडीबुटी संकलनमा गएका ९ जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ। बेपत्ता र मुत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु तथा छायलका स्थानीय रहेका छन्। 

उनीहरु मुगुम कार्मारोङ-९ र हुम्ला जिल्लाको चंखेली गाउँपालिका-७ को सीमा क्षेत्रमा पर्ने वनमा असोज २ गते जडीबुटी संकलन गर्न गएका थिए। उक्त वन क्षेत्रमा २ दिन अगाडि हुम्लाको चंखली गाउँपालिकाबाट त्यहाँ पुगेका स्थानिय र मुगुबाट जडीबुटी संकलन गर्न पुगेका युवाहरुबीच झडप भएपछी भाग्ने क्रममा मुगुका एक जनाको मृत्यु भएको र ९ जना बेपत्ता भएको स्थानियले बताएका छन् । 

स्थानीयका अनुसार जडीबुटी संकलनका क्रममा हुम्लातर्फबाट ठूलो संख्यामा आएको समूहले झडप गरेपछी मुगुबाट जडिबुटी संकलन गर्न गएका पाँपु र छायल गाउँका १३ जना युवाहरु भागेका थिए। भाग्ने क्रममा पाँपु गाउँका २२ बर्षिया गणेश बुढाको मृत्यु भएको हो। यस्तै, तीन जना सम्पर्कमा आएका र बाँकी ९ जना अझै बेपत्ता रहेको बताइएको छ। 

घटनास्थल विकट र हिमपातका कारण आवतजावतमा समेत समस्या रहेकाले बेपत्ताको खोजीका लागि तत्काल प्रहरी चौकी छायल र जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाएको प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले जानकारी दिएका छन्। थप उद्धार तथा खोजीका लागी हेलिकप्टरको व्यवस्थापनका लागि पहल भइरहेको उनको भनाइ छ। 

विकट र हिमपातका कारण आवतजावतमा समेत समस्या रहेकाले बेपत्ताको खोजीका लागि तत्काल प्रहरी चौकी छायल र जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाएको प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले जानकारी दिएका छन्। थप उद्धार तथा खोजीका लागी हेलिकप्टरको व्यवस्थापनका लागि पहल भइरहेको उनको भनाइ छ।

Skip This