Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


मुग्लिन–नारायणगढ सडक खुल्यो, पोखरातर्फका सवारीलाई अनुमति


0
Shares

चितवन । अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा आइतबार बिहानदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

पहिरो पन्छाउने काम सम्पन्न भएपछि आइतबार मध्याह्न १२ः१० बजेदेखि पोखरातर्फ जाने सवारीसाधनका लागि सडक खुलाइएको हो। सडकमा खसेको लेदो तथा पहिरो हटाएपछि आवागमन सञ्चालनमा ल्याइएको जनाइएको छ।