Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नारायणी नदीको बहाव बढ्दा अमलटारीका रिसोर्टमा बाढी पस्यो, सुरक्षाकर्मीद्वारा उद्धार


0
Shares

बिबेक भण्डारी, गैँडाकोट । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले कावासोती नगरपालिका–१७ अमलटारी क्षेत्रमा असर पुर्‍याएको छ।

शनिवार दिउँसो करिब १२:३० बजे नदीको बहाव बढेर स्थानीय केही होटल तथा रिसोर्टमा बाढी पसेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली तत्काल खटिएर उद्धार तथा सुरक्षा व्यवस्थापन गरेको छ। घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।

बाढीका कारण प्रभावित भएका संरचनामध्ये अमलटारीका दुई होटल प्रमुख छन्। पूर्णबहादुर ठकुरीले सञ्चालन गरेको ‘रोयल ग्यालक्सी’ नामक दुईतले रिसोर्टको तल्लो तलामा पानी पसेको छ भने विवेक प्याकुरेलद्वारा सञ्चालित ‘नाना जंगल रिसोर्ट’को भान्सा (एकतले टिनले छाएको कटेज) क्षेत्रमा पानी पसेकाे प्रहरीले जनाएको छ ।

उद्धार टोलीले जोखिम क्षेत्रमा रहेका सामग्री सुरक्षित स्थानमा सार्ने तथा थप जोखिम हुन नदिन आवश्यक सतर्कता अपनाएको छ । हाल अवस्था सामान्यतर्फ उन्मुख रहेको र थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Skip This