काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबारसम्मको विवरणअनुसार विभिन्न जिल्लामा १ हजार ४ सय ५१ तथा काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो।
फेला परेका शवमध्ये रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतक तथा आफन्तबाट डीएनए नमुना संकलन गर्ने काम भइरहेको छ। हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको र पहिचान नभएका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ। यस्तै, ४ हजार ७ सय १८ जना अझै बेपत्ता रहेको भन्दै उनीहरूको खोजी जारी छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा १ हजार २ सयभन्दा बढी व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्