अर्घाखाँची । लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि अर्घाखाँचीको मुख्य गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शुक्रवार असोज ९ गते बेलुका ६ बजेदेखि असोज १० गते बिहान ६ बजेसम्म अत्यावश्यक तथा विपद् उद्धारका कामबाहेक निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी विशाल खनालका अनुसार सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्न थालेको र वर्षा पनि निरन्तर भइरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय तथा भौतिक क्षतिको जोखिम बढ्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो।
अत्यावश्यक अवस्थामा पहिरोको जोखिम रहेका सडकखण्डमा प्रहरी तथा प्रशासनको अनुमति लिएर मात्र सवारी सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ।










प्रतिक्रिया दिनुहोस्