काठमाडौं। लगातार भइरहेको वर्षाका कारण सडकमा जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई नागढुंगामा रोकिएको छ।
बिहीबार असोज ८ गते साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक बस, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगा क्षेत्रमा ‘होल्ड’ गरिएको हो।
नागढुंगा–नौबिसे सडकखण्डमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाका लागि सवारी आवागमन रोकेको जनाइएको छ। यसबाट धादिङ, चितवन, पोखरा, गोरखालगायत जिल्लातर्फ जाने लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
सवारीसाधन रोकिँदा यात्रु र चालकहरू नागढुंगा क्षेत्रमा नै बस्न बाध्य भएका छन्। वर्षा भइरहेका बेला अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।
यात्रा गर्नैपर्ने अवस्था भए सडकको पछिल्लो अवस्था बुझेर मात्र प्रस्थान गर्न तथा सम्भावित जोखिमलाई ध्यान दिन आग्रह गरिएको छ।









प्रतिक्रिया दिनुहोस्