Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश


39
Shares

काठमाडाैं ।

राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन प्रश्तुत गर्नुभएको हो ।

संवैधानिक प्रावधानअनुसार हरेक वर्ष संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेश गर्नुपर्ने व्यवस्था छ ।

सोही प्रक्रिया अन्तर्गत आजको बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिवेदन प्रश्तुत गर्नुभएको हो ।