Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


डोल्पामा सीता एयरको एउटा पांग्राे खुस्कियो, सबै यात्रु सकुशल


169
Shares

काठमाडाैं । डोल्पाको जुफाल विमानस्थलमा बिहिबार अवतरणको क्रममा सीता एयरकाे एउटा पांग्राे खुस्किएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले नेपालगञ्जबाट १३ जना यात्रुसहित गएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको जनाएकाे हो। पांग्रामा सामान्य समस्या देखिए पनि सबै यात्रुहरु सकुशल रहेका छन् । प्रशासन हाल जहाज धावनमार्गमै रहेको जनाएकाे हाे।

जिल्ला प्रहरी कार्यालय डोल्पाले बिहीबार बिहान ८ बजेर २५ मिनेट जाँदा जहाज ल्याण्ड गर्नेक्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको जानकारी दिएकाे छ। जहाजमा रहेका ७ विदेशी र ६ जना नेपाली यात्रु सबै सकुशल रहेकाे प्रहरीले जनाएकाे हाे।