Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


भन्सार विभागद्वारा चालु वर्षकाे असाेज ६ गतेसम्म १ खर्ब २ अर्ब रूपैयाँ राजस्व संकलन 


143
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य तोकिएको जनाएकाे हाे। सोही अनुसार वर्षभरिमा असुल गर्न बाँकी राजस्व रकम ५ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई बन्द रहेको विषम परिस्थितिमा पनि सो परिमाणको राजस्व उठेको हो ।

दुई प्रमुख उत्तरी नाका अवरुद्ध भए पनि भन्सार प्रशासनको सक्रियताका कारण भाद्र पहिलो साताभित्रै १ खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्न विभाग सफल भएको भएको छ । विभागले आगामी दिनमा बाँकी रहेको ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीलाई मुख्य प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने जनाएको हाे ।