Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


चीनले जित्यो जापानलाई पराजित गर्दै एशियाली खेलकुद महिला भलिबलको स्वर्ण पदक


0
Shares

काठमाडौं । २० औं संस्करणको एशियाली खेलकुद अन्तर्गत महिला भलिबलमा चीनले घरेलु टोली जापानलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ ।

जापानमा मंगलबार राति भएको फाइनल खेलमा चीनले २५–१९, २५–२०, २५–२३ ले आफ्नो पक्षमा पारेकाे हाे। चीनले एशियाली खेलकुदको महिला भलिबलमा १०औं स्वर्ण पदक जितेको हो । गत संस्करणमा पनि चीनले जापानलाई नै पराजित गर्दै स्वर्ण चुमेको थियो ।

सेमिफाइनलमा चीनले थाइल्यान्ड तथा जापानले दक्षिण कोरियालाई पराजित गरेका थिए । त्यस्तै, दक्षिण कोरियालाई हराउँदै थाइल्यान्डले कांस्य पदक जित्यो । नेपालले भने १२औं स्थान प्राप्त गर्‍यो ।

एशियाली खेलकुदको महिला भलिबलमा १४ टोलीको सहभागिता रहेकाे थियो ।

Skip This