Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


भोटेकोशी-त्रिशूली विपद सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन


312
Shares

काठमाडाैं । प्रतिनिधि सभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ ।

प्रतिनिधि सभाको  साेमबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को नियम १८० बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो । समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहेका छन् । समितिले पहिलो बैठकबाट अध्यक्ष चयन गर्ने भएकाे हाे।

हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनिकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नु समितिको उद्देश्य रहेको छ ।