काठमाडाैं । हाल देशैभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको हाे। साथै उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
साेमबार बिहान कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। तराई भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको हाे।
त्यस्तै, साेमबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेकाे छ। तथा तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे छ।
मधेश, बागमती, गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे हाे। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
त्यस्तै, साेमबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको समेत सम्भावना छ।
मधेश, कोशी र बागमती प्रदेशको तराई भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्