Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे प्रहरीकाे नियन्त्रणमा


208
Shares

काठमाडाैं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का २ जना कर्मचारीलाई पक्राउ गरेको छ।

सीआईबीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएकाे हाे। सीआईबीको टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आइतबार राति पक्राउ गरेको छ। सीआईबीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन र जाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जनाएकाे हाे।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यसअघि सीआईबीले एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मार्दै केही कागजात नियन्त्रणमा लिएको थियो । अहिले एन्फा निलम्बनमा रहेको छ ।

तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपाललाई निलम्बनमा राखेको हो ।