Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सामसङको दशैं–तिहार अफर : क्यासब्याक र लक्की ड्रको मौका


52
Shares

काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसर पारेर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” विशेष अफर सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले टिभी तथा होम अप्लायन्स खरिद गर्दा क्यासब्याक, पक्का उपहार र लक्की ड्रमार्फत आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार अफर २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। यस अवधिमा टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकहरूले आफ्नो खरिद दर्ता गरी दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

लक्की ड्रअन्तर्गत दैनिक ३१ जना विजेताले ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्च UHD टिभीमध्ये एक जित्ने अवसर पाउनेछन् भने साप्ताहिक ८ जना विजेताले एसी प्राप्त गर्नेछन्।

यसका साथै ग्राहकहरूले विभिन्न उत्पादनमा १८ प्रतिशतदेखि २६ प्रतिशतसम्म क्यासब्याक, एक्सचेन्ज बोनस तथा निःशुल्क उपहारहरू पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। केही मोडलमा साउन्डबार, NETTV प्याकेज तथा डिटर्जेन्ट जस्ता थप सुविधासमेत उपलब्ध गराइएको छ।

ग्राहकहरूले SMS मार्फत खरिद दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ भने विजेताको घोषणा टेलिभिजन कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

कम्पनीले Hulas Finserve Hire Purchase Ltd. मार्फत EMI सुविधासमेत उपलब्ध गराएको जनाएको छ, जसले ग्राहकलाई सजिलो किस्ताबन्दीमा सामान खरिद गर्न सहयोग पुर्‍याउनेछ।

Skip This