Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


रसुवा बाढी अपडेट: मृतककाे संख्या १४ सय ३६ पुग्याे


195
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेकाे संख्या १ हजार ४ सय ३६ जना पुगेकाे छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ८ बजेसम्म साेही शव फेला परेकाे जनाएकाे हाे। जसमध्ये रसुवामा २ सय २३ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४३४ जनाको शव फेला परेको छ। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हाे।

प्राधिकरणले फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ९२ वटा शवकाे व्यवस्थापन माटो मुनि सुरक्षित रुपमा राखिएको जनाएकाे छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कूल ३ हजार २ सय ८३ वटा डिएनए नमुना सङ्कलन गरिएको हाे । साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको जनाएकाे हाे । हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको खोजी कार्य जारी रहेकाे छ ।

त्यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ७२ जना व्यक्तिहरूलाई राखिएको प्राधिकरणले जनाएकाे छ ।

Skip This