Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


वीरगञ्ज भन्सारद्वारा भदौमा २३ अर्ब ४६ करोड बढी राजस्व संकलन


117
Shares

काठमाडाैं । पर्साकाे वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आव २०८३/८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको जनाएकाे हो। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९ दशमलव ७५ प्रतिशत हो । गत भदौ मसान्तसम्मको संकलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४ दशमलव ५२ प्रतिशत पूरा भएको कार्यालयले जनाएकाे छ।

भन्सार कार्यालयले मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको जानकारी दिएकाे हाे।