Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


म्यानचेस्टर सिटीको नर्विचमाथि सहज जित


130
Shares

काठमाडौं । इंग्लिस फुटबल लिग (कारबाओ) कपको तेस्रो चरणमा म्यानचेस्टर सिटीले च्याम्पियनसिप टोली नर्विच सिटीविरुद्ध ५-० को जित दर्ता गरेको छ।

घरेलु मैदान इत्तिहाद रंगशालामा शुक्रबार बिहान सम्पन्न भएकाे खेलमा प्रिमियर लिग टोली सिटीलाई जित दिलाउन फ्लोइड साम्बाले दुई तथा रायन चेर्की, एलन र रायन म्याकआडुले एक–एक गोल गरेका हुन् । खेलको २९औँ मिनेटमा साम्बाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तीन मिनेटपछि नै चेर्कीले टोलीको अग्रता दोब्बर बनाएका छन्।

एलनले ४८औं मिनेटमा गोल गर्दा सिटीको अग्रता ३-० मा पुग्यो। ५४औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका हुन्। निर्धारित समयको अन्तिम मिनेटमा म्याकआडुले गोल गर्दा सिटी ५-० ले विजयी भयो।