Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


कृष्णभीरमा सडक निर्माण सम्पन्न, भोली बिहानदेखि नियमित संचालन


0
Shares

धादिङ । भदौ १४ गतेदेखि कृष्णभीरमा अवरुद्ध सडक १८ दिनपछि संकलनमा आएको छ ।

त्रिशूली नदीको कटानले सडक भासिएकै कुनापट्टीबाट लगातार १३ दिन काम गरेर नयाँ ट्रयाक निर्माण गरी सडक संचालनमा ल्याइएको हो । नयाँ ट्र्याकमा ग्राबेलिङ र नाला निर्माण गरिएको छ ।

नागढुंगा मुग्लिन सडक आयोजनाको नेतृत्वमा भदौ १८ गतेबाट ३१ गतेसाँझसम्म दैनिक १८ घण्टासम्म विभिन्न उपकरण र प्राविधिक प्रयोग गरी देशको लाइफलाइन खुलाइएको हो ।

पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक राखेर सवारी संचालन गरिने धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनुभयो ।

सडक भएको पुरै भाग पहिरिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भाग काटेर सडक चौडा गरी नयाँ ट्रयाक बनाइएको नागढुंगा मुग्लिन सडक आयोजनाका प्रभुराज पाण्डेले जानकारी दिनुभयो ।

भित्ता काटेर बाटो बनाउने क्रममा पहराका ठाउँठाउँबाट पानी रसाइरहेको छ । कृष्णभीरको भित्तामा जता छोयो उतैबाट पानी निस्कने अनौठो समस्या छ । भित्ताबाट रसाएको पानी निर्माण व्यवसायी र इन्जिनियरहरूका लागि टाउको दुखाइको विषय बनेको छ ।

कृष्णभीर देशको चर्चित पहिरो हो । यो पहिरो २६ वर्षअघि निकै ठूलो मेहनत, उच्च प्राविधिक सीप, लामो अनुभवको प्रयोग र प्रयासपछि रोकिएको थियो ।