Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


चीनको वैकल्पिक नाका हुँदै करिब ४ हजार नागरिक फर्किए नेपाल


143
Shares

काठमाडौं। रसुवाकाे भोटेकोशी बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएसँगै चीनको वैकल्पिक नाका हुँदै करिब ४ हजार जना नागरिकहरु नेपाल फर्किएका छन्।

अध्यागमन विभागले यहि भदौ २९ गतेसम्म ३९ सय चार जना तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेकाे जनाएकाे हाे । त्यस्तै, हुम्लाको हिल्सा हुँदै ३ सय ८७ जना नेपाल प्रवेश गरेका छन् । दुवै वैकल्पिक नाकाबाट आगमन र प्रस्थान गर्ने विदेशी यात्रुहरूमा सबै भन्दा बढी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका छन्।

विभागले यात्रुहरूको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै आएको हाे।