काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडविरुद्ध १-० गाेलको जित दर्ता गरेको छ।
ओल्ड ट्राफोर्डमा आइतबार राति भएकाे खेलमा पाहुना टोली सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले निर्णायक गोल गरेका हुन् । उनले ६०औं मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको २४औँ मिनेटमै सिटी १० खेलाडीमा समेटिएको थियो । म्यानचेस्टरका कप्तान ब्रुनो फर्नान्डेजमाथि लात्ती प्रहार गरेपछि रेफ्रीले फिल फोडेनलाई रातो कार्ड देखाएका थिए ।
बल पोजेसनमा भने युनाइटेड बलियो देखिएको थियो । टोलीको १६ मध्ये तीन प्रहार टार्गेटमा थियो । यता, सिटीको सातमध्य दुई प्रहार टार्गेटमा रह्यो । आइतबारै सम्पन्न अर्को खेलमा ब्राइटनले कोभेन्ट्री सिटीविरुद्ध ५–० गाेलको एकतर्फी जित दर्ता गरेकाे हाे।









प्रतिक्रिया दिनुहोस्