Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


स्पेनिस ला लिगामा रियाल मड्रिडको रायो भायकानोमाथि सहज जित


91
Shares

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले रायो भायकानोविरुद्ध ४-१ गाेलको सहज जित निकालेको छ।

स्यान्टियागो बर्नाबेउमा शनिबार राति भएकाे खेलमा घरेलु टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पेले दुई तथा आल्भारो क्यारेरस र जुड बेलिङघमले एक–एक गोल गरेका हुन् । भायकानोका लागि सर्जियो क्यामेलोले गोल फर्काएका छन् ।खेलको १४औँ मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । तीन मिनेटपछि नै क्यारेरसले टोलीको अग्रता दोब्बर बनाएका छन्।

बेलिङघमले ३५औँ मिनेटमा गोल गर्दा रियालको अग्रता ३–० मा पुग्यो । ५१औँ मिनेटमा क्यामेलाले गरेको गोल भायकानोका लागि सान्त्वना बनेका हाे। इन्जुरी टाइममा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेका छन्। याे जितसँगै पाँच खेलबाट १२ अंक जोडेको रियालले बार्सिलोनालाई भेट्टाएको हाे ।

तर, बार्सिलोनाले एक खेल कम खेलेको छ । यता, पराजित भायकानो पाँच खेलबाट चार अंकका साथ १५औं स्थानमा रहेकाे छ ।