Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पानीजहाज आगलागी अपडेट: मृत्यु हुनेको संख्या ७६ पुग्यो, १३ अझै बेपत्ता


1.8k
Shares

एजेन्सी। फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ।

फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले घटनामा परेका १३ जना अझै बेपत्ता रहेकाे जनाएकाे हाे। पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्। जसले पुष्टि भएको मृत्युको कूल संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।

उद्धार र अनुसन्धान कार्य जारी रहेकाे पीसीजीले जनाएकाे छ।