Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा मगर चयन


39
Shares

सोलुखुम्बु । जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन भएका छन् ।

सल्लेरीमा भएको जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चेतबहादुर मगर र सुमित्री राई, महासचिवमा प्रेमकुमार बस्नेत तथा कोषाध्यक्षमा करिना राई चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा आनन्द राई, दिनेश केसी, अमृत थुलुङ, ताराबहादुर खत्री, दीपक किराती र चुडामणि केसी चयन भएका हुन् । नवनिर्वाचित कार्यसमितिको कार्यावधि चार वर्षको रहने जिल्ला भलिबल संघले जनाएको छ।

Skip This