काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न वित्तीय कानुन संशोधनसम्बन्धी तीन वटा विधेयक पेस गर्नुभएको छ ।
बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष, भुक्तानी तथा फर्स्यौट र कर्मचारी सञ्चय कोषसँग सम्बन्धित विधेयकहरू संसदमा अघि बढाउनुभएकाे हाे ।
अर्थमन्त्री वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभएको थियाे । सभाबाट अनुमति प्राप्त भएपछि उहाँले दुवै विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएकाे हाे ।
यसैगरी, उहाँले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि छलफल अघि बढाइयोस् भन्ने प्रस्तावसमेत बैठकमा पेस गर्नुभएको छ।










प्रतिक्रिया दिनुहोस्