एजेन्सी। अमेरिकी सेन्ट्रल कमाण्डले इरानका ५ वटा कच्चा तेल बोकेका ट्यांकरमाथि आक्रमण गरेको छ।
सेन्ट्रल कमाण्डले ओमानको खाडी र खार्ग टापुनजिकै इरानका ५ वटा कच्चा तेल बोकेका ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको दावी गरेको हाे। पछिल्लो दुई दिनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी नौसेनाका युद्धपोतमाथि दुई पटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा उक्त कारबाही गरिएको सेन्ट्रलले जनाएको छ ।
सेन्ट्रलका अनुसार ती ट्यांकरहरू आईआरजीसी तथा उसका क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग पुर्याउने अर्बौं डलरको ‘छद्म सञ्जाल’को हिस्सा थिए । सेन्ट्रलले इरानसँग यी जलपोतको रक्षा गर्ने क्षमता नरहेको दावी समेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्