काठमाडौं। विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति तथा रजिस्ट्रार पदका लागि आवेदन आह्वान गरिएकाे छ।
विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान गरेको हो । इच्छुक तथा योग्य उमेदवारले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अनलाइन आवेदन पेश गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएकाे छ।
आवेदनका लागि आवश्यक लिंक विश्वविद्यालयको वेबसाइट https://www.yogmayaau.edu.np मा उपलब्ध हुने जानकारी दिइएको छ । समितिले उपकुलपति पदका लागि कार्यविधिको अनुसूची- १ (क) तथा रजिस्ट्रार पदका लागि अनुसूची-१(ख) मा तोकिएको ढाँचामा आवेदन पेश गर्नुपर्ने जनाएको हाे ।










प्रतिक्रिया दिनुहोस्