Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै


416
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बुधबार बस्दैछ।

इतर समूहले पार्टीको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बस्न लागेको जनाएको हाे । बैठक बुधबार दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बस्ने भएकाे छ।

बैठकमा १५औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा विषयमा छलफल हुने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले बताउनुभयाे । बैठकमा १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभएकाे छ।

यता, संस्थापन पक्षले भने यसअघि नै १५औं महाधिवेशनको मिति तोकिसकेको हाे। कांग्रेस केन्द्रीय समितिको गत साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्व निर्णयअनुसार १५औं महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत् राखेको छ ।