Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय


65
Shares

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका कर्मचारीको पनि सरकारको निर्णय बमोजिम श्रेणीगत रुपमा पारिश्रमिकवापतको रकम कट्टा गरी उक्त उद्धार कोषमा जम्मा गरिनेछ ।

सभामुख सचिवालयले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउनु सबैको दायित्व भएको स्पष्ट गरेको छ ।