Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


हेटौंडामा ईभी र सुमो जिप ठोक्किँदा ११ जना घाइते


0
Shares

सुवर्ण श्रेष्ठ, हेटौंडा । हेटौंडा–वीरगन्ज सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरेनजिक पिपलबोटमा यात्रुबाहक ईभी र सुमो जिप आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

आज दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०६९७ नम्बरको यात्रुबाहक ईभीले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ५८७३ नम्बरको सुमो जिपलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा दुवै सवारीसाधनमा सवार गरी ११ जना घाइते भएका छन्। प्रहरीका अनुसार सुमो जिपका चालकसहित ६ जना र ईभीका चालकसहित ५ जना घाइते भएका हुन्।

घाइते सबैलाई उद्धार गरी हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरूको अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।