Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


रसुवा बाढी अपडेट: मृतककाे संख्या ३८९ जना पुग्याे, ७३ घाइते, २ हजारको उद्धार


0
Shares

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३ सय ८९ जना पुगेको छ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १ सय ३७ जना, गोरखामा ३२ जना, तनहुँमा २८ जना र नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो । प्राधिकरणले अहिलेसम्म १ हजार ९ सय ७६ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको जनाएको छ ।

नेपाली सेनाले अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३ सय ५० मजदुर तथा स्थानीयलाई पनि उद्धार गरेको हाे ।अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९ सय ७७ पुगेको छ। प्राधिकरणका अनुसार जसमध्ये ५ सय १७ जना विदेशी नागरिक रहेका हुन् । घाइते ७३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।

प्राधिकरणले खोज तथा उद्धारको लागि १३ हजार भन्दा बढी सुरक्षाकर्मी खटिएकाे जनाएकाे हाे।